अभिनेत्री प्रियंका चोपडा हिजोआज आउँदै गरेको चलचित्र ‘द स्काई इज पिंक’ र सामाजिक सञ्जालमा पोस्ट भएको सामाग्रीबाट चर्चामा छिन्।
धेरैजो उनले सार्वजनिक गर्ने तस्बिर श्रीमान निक जोनससँग हुन्छ। केही समय अगाडिमात्र उनले एक भिडियो पोस्ट गरेकी छन्, जसमा उनले हस्याइलो पारामा जीवन जिउने तरिकाको बारेमा बताएकी छन् ।
भिडियोको सुरुवातमा प्रियंका देसी अन्दाजमा भन्छिन्, ‘नमस्ते प्रियंका चोपडाको जीवनको अध्यायमा तपाईँलाई स्वागत छ।’ यसपछि उनले राम्रो जीवन जिउने पाँच तरिका बताउँछिन्। उनले सिकाएको जीवन जिउने पाँच तरिका यस प्रकार रहेको छ।
– सपना आफ्नो आकारभन्दा ठूलो देख
– लुकाउनको लागि केही पनि नराख,
– सरी, नट सरी
– थोरै होहल्ला गरौ
– विवादलाई समाधान गरौँ
प्रियंका अहिले चलचित्र ‘द स्काई इज पिंक’ को छायंकन सकेर न्यूयोर्क गइसकेकी छन्। उनको चलचित्र ११ अक्टोबरमा सार्वजनिक हुँदैछ। उनी खुशी भएकी छन्। सामाजिक सञ्जालमा एक सेल्फि फोटो शेयर गरेकी छन्।
स्काइ इज पिंकलाई सोनाली बोसले निर्देशन गरेका छन्। चलचित्रको निर्माण रानी स्क्रुवाला र सिद्धार्थ रोय कपूरले गरेका हुन्। चलचित्रमा प्रियंका चोपडा, फराहन अख्तर र जायरा वसीम मुख्य भूमिकामा छन्। प्रियंका चोपडा र फराहन अख्तर मम्मी र बाबाको भूमिकामा छन्, जायरा छोरी आयशाको भूमिकाका निभाएकी छन्।
5 life lessons with yours truly 😂 (I'm so funny) haha
Check out a copy of @InStyle July 2019 on stands today pic.twitter.com/N8NfQyIUgd
— PRIYANKA (@priyankachopra) June 14, 2019







