बाजुरा – शनिबार साँझ घाँस काट्ने क्रममा भीरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ सीताकुमारी पाध्याय रहेकी छन् ।

गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्न गएको बेला चिप्लेर भीरबाट लड्दा उनको घटनास्थमै मृत्यु भएको उनका दाजु दिल्ली पाध्यायले जानकारी दिए ।

उनी वडिमालिका नगरपालिका–१ पिनालेखमा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार