काठमाडौ । नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले अन्र्तवार्ताको रोलक्रम संशोधन गरेको छ । मिति नजिकिएपछि आयोगले रोलक्रम सच्याएको हो । निम्न माध्यामिक तह तहको मध्यमाञ्चल क्षेत्रको अंग्रेजी र नेपाली बिषयको अन्र्तवार्ता तालिका सच्चिएको हो ।


अब उक्त अन्र्तवार्ता तपशिल अनुशार हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि यो सूचना सेयर गरिदिनुहोला ।

यसैगरी समावेशी समहू कायम गरीएको सम्बन्धी सचूनापनि प्रकाशित भएको छ । २०७५ साल असोज १२ गते सञ्चालन गरिएको निम्न माध्यामिक तहको खुल्ला तर्फको प्रतियोगितात्मक लिखित परीक्षामा पूर्वाञ्चल क्षेत्रको लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा नतिजा फरक परेकाले अन्र्तवार्ताका लागि छनौट भएका उम्मेदवार सुसा गडेरीको छनौट समूहमा अन्यथा भएकोले आयोगको तर्फबाट उक्त छनौट समूह सच्याइएको सूचित गरेको छ ।

यसैगरी जेठ २६ गते निम्न माध्यामिक तहको गणित विषयमा पूर्वाञ्चल क्षेत्रबाट अन्र्तवार्ताका लागि छनौट भएका सुवाष कुमार कर्ण माथिल्लो तहको शिक्षक पदमा नियुक्तिको लागि सिफारिस भइसकेकाले निम्नमाध्यामिक तहको गणित विषयको परीक्षाको नतीजा सूचीबाट नाम हटाइएको जानकारी आयोगले गराएको छ ।janaboli







