काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली ९ दिने युरोप भ्रमण सकाएर स्वदेश फर्किदापनि कालो झण्डाको सामना गर्नु पर्यो । उहाँलाई कालोझन्डा देखाउने तरुण दलका नेता पक्राउ परे ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालोझन्डा देखाउन गएका नेपाल तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाहसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

नौ दिन लामो युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली आज बिहान स्वदेश फर्किनुभएको थियो । प्रधानमन्त्रीलाई कालोझन्डा देखाउन तरुण दलका नेता बाहसहित केही युवा विमानस्थल पुगेका थिए । कालोझन्डा देखाउने तयारी भइरहेको सूचना पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

गुठी विधेयकको विरोधमा प्रधानमन्त्रीलाई कालोझन्डा देखाउन विमानस्थल पुगेको तरुण दलले जनाएको छ । कतार एयरवेजको विमानबाट प्रधानमन्त्री ओली आज बिहान काठमाडौं आइपुग्नुभएको हो । प्रधानमन्त्री बिहान १० : ३० बजे काठमाडौं उत्रिने भनिए पनि आधा घण्टाअघि नै विमानस्थलमा आइपुग्नुभएको थियो ।janaboli

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार