काठमाडौ । समाचारको शीर्षक झट्ट पढ्दा अचम्ममा पर्नुभयो होला । तर अचम्ममा नपर्नुहोला । सरकार आफैले सवारी साधन बेच्न लागेको छ । सरकारले भन्सार छली गरेर ल्याइएका मोटर साइकलसहितका अन्य सवारी साधन लिलामीमा बिक्रि गर्न लागेको हो । यस्ता सवारी साधानमध्ये कुनै कवाडी छन् भने कुनै दर्ता भएर सञ्चालनमा आउन सक्ने अवस्थाका छन् ।

सुनसरी भन्सार कार्यालयले ८० वटा सवारी साधन लिलामी गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ । सूचनामा १ लाख रुपैयाँमा ट्याक्टर बिक्री गर्ने भनिएको छ । तर, यो ट्याक्टर चालू हालतमा नभई कवाडी अवस्थामा छ ।

सरकारले लिलामी गर्न लागेको सवारी साधनमा विभिन्न ब्रान्डका मोटरसाइकल, कार, सफारी, भ्यान तथा ट्याक्टरसमेत छन् । मोटरसाइकलबाहेकका सवारी साधान कवाडी अवस्थामा छन् । प्रकाशित सूचना अनुसार ४५ हजारमा अपाचे बाइक राखिएको छ भने ९५ हजारमा कार बिक्रिका लागि तोकिएको छ । सूचना यस्तो छ ।

janaboli

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार