लन्डन- वेल्स र इङ्ल्यान्डमा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटअन्तर्गत अहिले पाकिस्तान र भारत भिडिरहेका छन्।
भारतले एक सय ३६ रन जोड्दा पहिलो विकेट गुमाएको छ। भारतले २४ ओभरमा एक विकेट गुमाएर १ सय ३६ रन जोडेको छ।
राहुलले ५७ रन जोडे। रोहित शर्मा ७५ रनमा खेल्दैछन्। राहुलले ७८ बलमा दुई छक्का र तीन चौका प्रहार गरे। ३४ बलमा अर्धसतक पुरा गरेका रोहितले ६५ बलमा दुई छक्का र ८ चौका प्रहार गरेका छन्।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले आक्रमक सुरुवात गरेको थियो।







