काठमाडौ । कार दुर्घटनामा एकै परिवारमा ६ जनाको ज्यान गएको छ । यमुना एक्सप्रेस–वे मा आज बिहान ट्रकले कारलाई ठक्कर दिदाँ एकै परिवारमा ६ जनाको ज्यान गएको हो ।

यस दुर्घटनामा ४ जना गम्भीर घाइते भएको भारतीय अधिकारीले बताएका छन् । ज्यान गुमाउनेहरुमा तीन महिला र एक १३ वर्षीया बालिका पनि छन् । यो दुर्घटना घटना मथुरा देखि करीब ३० किमी टाढा बलदेव क्षेत्रमा भएको हो ।

कारमा सवार व्यक्तिहरु ताजमहल देख्नको लागि आगरातर्फ गइरहेका थिए । एसपी आदित्य कुमार शुक्लाले दिएको जानकारी अनुसार गौतमबुद्ध नगरमा वस्दै आएका प्रेमचन्द्र शर्माको परिवार आज ताजमहल देख्नको लागि भनेर यात्रामा निस्केको थियो ।janaboli

यमुना एक्सप्रेस–वे मा सराय सालवाहन गाउँ नजिकै ट्रकले कारलाई ठक्कर दिएको हो । घटनास्थालमा ५ जनाको ज्यान गएको थियो भने अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको आगराको कृष्णा अस्पतालमा उपचार भइरहेको छ । एसपीका अनुसार कार पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । शव निकाल्नको लागि गैस कट्‌टर प्रयोग गरिएको छ । दुर्घटना पछि ट्रक चालक फरार भएका छन ।

प्रहरीले उनलाई खोज्ने काम तिव्र रुपमा अगाडी बढाएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार