एजेन्सी । हाम्रो समाजमा महिलाले पुरुषको सेवा गर्नुपर्ने चलन छ र त्यसैअनुसार समाज चलिरहेको छ ।
तर यहाँको सर्वाेच्च अदालतले अब अनिवार्य रुपमा पुरुषले महिलाको सेवा गर्न आदेश दिएको छ । शुक्रबार महिला अधिकारकर्मीले हालेको मुद्दामा फैसला गर्दै भारतको सुप्रीम कोर्टले महिलाको सेवा गर्नु पुरुषको दायित्व हो भनेको छ ।
आदेशमा भनिएको छ- महिलाले जति गर्ने सेवा सत्कार पुरुषले पनि गर्नुपर्छ । अहिलेको युगमा पुरुष महिला बराबर भएको अदालतको भनाई छ ।
न्यायधीश एमवाई इकबाल र सी नागप्पनको बेञ्चले भनेको छ- श्रीमतीलाई सहयोग र संरक्षण करना पुरुषको पहिलो कर्तव्य हो । अदालतले श्रीमती विरामी भएको बेला पुरुषले सम्बन्ध विच्छेद गर्न नपाउने फैसला पनि गरेको छ ।







