काठमाडौं । काठमाडौंमा अचानक आगलागी भएको छ । काठमाडौँको टोखा नगरपालिका १० मा आगलागी भएको हो । महानगरीय प्रहरीका अनुसार आगलागीबाट पसलका ८ वटा सटर जलेर पुर्ण रुपमा खरानी भएका छन् ।

उक्त पसल टहरोमा सञ्चालित रहेको प्रहरीले जानकारी दिएको छ । आज बेर राति लागेको आगो निभाउन दमकल पुगेको छ र दमकलले आगो निभाउने प्रयत्न गरिरहेको छ ।

आगलागी नियन्त्रणमा आइसकेको छैन । आगो लागेको उक्त सटरमा किराना, फेन्सी, तरकारीलगायतका दर्जन भन्दा बढी पसल सञ्चालन हुँदै आएका थिए । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ ।

घटनाबारे क्षतिको पुर्ण विवरण आएको छैन । प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार