काठमाडौ । इंग्ल्याण्डमा जारी १२ औं आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई पराजित गरेको छ । भारतले पाकिस्तानमाथि ८९ रनको जीत दर्ता गरेको हो ।

पराजयपछि आफै राष्ट्रिय खेलाडी र देशलाई विश्वकपटका उपाधि समेत दिलाएका प्रधानमन्त्री इमरान खानले खेलाडीलाई त्यसपछि भने कुनै प्रतिक्रिया दिएनन् । खेल चलिरहेका बेला उनले भनेका थिए “बस आखिर अन्तिम समयसम्म सर्वश्रेष्ठ र संघर्ष बढाउनुहोस् ।

त्यसपछि जे होस्, त्यो बेला सच्चा खेलाडीको जस्तै परिणाम स्वीकार गर्नु । देशको प्रार्थना तपाई सबैका लागि छ । शुभ लाभ। भनेका थिए । तर आफ्नो देश पराजित भएपछि उनी मौन बसेका छन् ।

पाकिस्तानलाई जीतका लागि ३३७ रनको लक्ष थियो तर जब खेल जारी रहँदा पानी पर्यो त्यसपछि डकवर्थ लुइस नियमका आधारमा जितका लागि ४० ओभरमा ३०२ रनको लक्ष्य पाकिस्तानले पाएको थियो । तर पाकिस्तानले ६ विकेट गुमाएर २१२ रन मात्र जोड्न सक्यो ।

यसअघि टस हारेर पहिला व्याटिङको निम्ता पाएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३३६ रन जोडेको थियो । जवाफी व्याटिङमा आएको पाकिस्तानले एक समय २६।६ ओभरमा दुई विकेट गुमाएर ११७ रन जोडेको थियो ।

तर एकपछि अर्को विकेट धारासायी भएपछि पाकिस्तान समस्यामा परेको थियो । १२९ रन जोड्दा पाकिस्तानको पाँच विकेट गुमेको थियो । खेल सुरु नहुँदै उनले यस्तो पोष्ट गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार