– छाला तथा दाँत सम्बन्धी विभिन्न समस्याहरुको अत्याधुनिक उपचार उपलब्ध गराउने उद्देश्यसहित ललितपुरकाे लाबिम मलमा एब्सुल्युट एस्थेटिक्स सञ्चालनमा आएको छ ।
अत्याधुनिक मेसिन र लेजर प्रविधिको प्रयोग गरि उपचार गरिने एस्थेटिक्सले जनाएको छ । बढ्दो शहरीकरण र प्रदुषणका कारण छालामा विभिन्न समस्या र रोगहरु लाग्ने क्रम बढेको छ । छालाको स्वास्थ्य समग्र स्वास्थ्यका लागि अत्यावश्यक रहन्छ । यसैलाई मध्यनजर गरेर आफूहरुले सेवा सुरु गरेको सञ्चालकले बताएका छन् ।
अनुहारको चाउरिपन, ट्याटु, मुसा, कालो दाग तथा पोतो हटाउने, कोठी–तीलकोठी हटाउने, कपाल झर्ने समस्या क मगर्ने, डण्डिफोर र डण्डिफोरको खत हटाउने, नङको समस्या हटाउने, शरीरका अनावश्यक रौँ हटाउने सहितका सेवा आफूहरुले प्रदान गर्ने लाबिम मलको पसल नम्बर २०१ मा रहेको एब्सुल्युट एस्थेटिक्सका सञ्चालकले बताएका छन् ।







