त्रिभूवन विश्वविद्यालय सेवा आयोगले कर्मचारी नियुक्तिका लागि लिएको परीक्षामा धाँधली भएको र पदाधिकारीहरुले आफ्ना–आफन्तहरुलाई नियतबस उत्तीर्ण गराएको आरोप लगाउँदै विद्यार्थी तथा शिक्षक आन्दोलनमा छन् ।

आन्दोलनमा रहेकाहरुले सोमबार सेवा आयोगको मुल गेटमा तालाबन्दी गरेका छन् । उनीहरुले सेवा आयोगका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने भन्दै मुल गेटमा ताला लगाएका हुन् ।

सेवा आयोगले लिएको उप प्रशासकदेखि सवारी चालकसम्मका पदको परीक्षामा पदाधिकारीले नातेदारलाई मात्रै उत्तीर्ण गराएको आरोप छ ।

गएको वैशाख २४ गते नतिजा प्रकाशित भए लगत्तैदेखि आन्दोलन जारी छ । आयोगले भने आफूबाट कुनै किसिमको गल्ती नभएको बताउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार