१२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धकाे खेलमा वेष्ट इण्डिजलाई पहिलो झड्का लागेको छ।
वेष्ट इण्डिजका स्टार व्याट्म्यान क्रिस गेल शून्य रनमा आउट भएका छन्। १३ बल खेलेका क्रिस गेलले रन जोड्न सकेनन्।
बंगलादेशका मोहम्मद सैफुद्दिनले तेस्रो ओभरको दोस्रो बलमा गेललाई आउट गरेका हुन्। वेष्ट इण्डिज यतिबेला ६ ओभरकाे खेल सकिँदा एक विकेटको क्षतिमा १८ रन बनाएर खेलिरहेको छ।
चार खेलबाट अंकतालिकामा तीन अंक जोडेको वेष्ट इण्डिज अंकतालिकाको छैठैं स्थानमा छ। वेष्ट इण्डिजले एक खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ भने एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो।
आठौँ स्थानमा रहेका बंगलादेशको पनि चार खेलबाट तीन अंक रहेको छ। बंगलादेशले पनि एकमा जित, दुईमा हार र एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो।







