काठमाडौ । अहिले लोकसेवा आयोगको फरम अनलाईनमा मात्र भर्न पाईन्छ । घरमै बसेर सजिलै फारम भर्न पाईएपछि सबै खुशी छन् । तर फारम भर्ने तयारीम रहेकाले सुरुमा तरिका नजान्दा अन्यौलमा परेका छन् । आयोगको फारम भर्न आयोगको केन्द्रीय, क्षेत्रीय वा अञ्चल कार्यालय धाएर घण्टौं लाइनमा बसिरहनु पर्दैन अनलाईनबाटै भरिन्छ तर तरिका जान्नु पर्यो । उक्त तरिका हामी सिकाउँदै छौ ।

आयोगले लोकसेवाको परीक्षा फारम अब अनलाइनबाट नै भर्ने विद्युतीय प्रणाली सञ्चालनमा ल्याईसकेको छ । यही बाट अहिले फारम भर्ने काम भइरहेको छ । यो प्रणालीको विकास भएपछि परीक्षार्थीहरुले आफ्नै गाउँठाउँबाट आलाइनमार्फत आयोगको फरम भर्न तथा प्रवेशपत्रसमेत प्रिन्ट गरेर प्राप्त गर्न सकिरहेका छन् ।

अहिले स्थानीय तहका लागि खोलिएको विज्ञापनमापनि अनलाईन बाटै फारम भर्ने कार्य भइरहेको छ । उक्त तरिका हामीले तल अपलोड गरेका छौ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

janaboli

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार