२ असार, काठमाडौं । बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । थप ४ जना गम्भीर घाइते भएका छन् ।
सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु भएको सनाखत हुन सकेको छैन ।
घाइतेहरुको उद्दार जारी छ । जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।onlinekhabar
—
बझाङमा डौठी भन्ने ठाँउमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । सदरमुकाम चैनपुरनजिकैबाट मष्टा गाँउपालिका जाँदै गरेको से१ज १०७२ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा ५ जना पुरुष, ३ महिला र एक नाबालिका रहेको स्थानीय डिबी खड्काले रातोपाटीलाई जानकारी दिए ।
यस्तै ५जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी उपचारको लागि स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
जीप सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीप दुर्घटनाको कारण खुलेको छैन ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीसहितको टोली पुगेको छ ।







