बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको से १ झ १०७२ नम्बरको बोलेरो जिप आज दिउँसो साढे तीन बजेतिर मष्टा गाउँपालिका वडा नं १ मा पर्ने डौठ्या खोलाको घुम्तीबाट खसेको प्रहरीले जनाएको छ ।
मृत्यु हुने सबै मष्टा गाउँपालिका १ कोटदेवलका रहेको भए पनि कसैको सनाखत हुन सकेको छैन ।जिपमा रहेका यात्रु संख्याबारे यकीन भएको छैन ।
मानिसहरु सहजै जान नसक्ने भिरमा जिप अड्किएकोले उद्धार गर्न कठिनाई भैरहेको घटनास्थलमा रहेका प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिनुभयो ।







