काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधको जत्ति निन्दा गर्दा पनी सायद कमै हुन्छ । तर नेपालमा पछिल्ला दिनहरुमा लगतार बलात्कारका घटनाहरु बढ्दै गएका छन् । रामेछापमा दुई महिला बलत्कृत भएका छन् । लिखु तामाकोसी गाउँपालिकाका दई महिलामाथि ट्रकमा सवारी चालक सहितको समुहले बलात्कार गरेको खुल्न आएको छ ।

लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङको ढ्याङग्रेको जंगलमा एक विवाहित र एक जना अविवाहित महिलामाथि ट्रकमा सवार व्यक्तिहरुले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी गराएको छ । धोवीबाट मन्थली आउने क्रममा उक्त ट्रकमा चढेर दुई महिलालाई जङगलमा बलत्कार गरेर चालकले आइतवार दिउसो करिब तीन बजे हलेदे नजिकै ल्याएर छोडिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले बलात्कारको घटनामा संलग्न सिन्धुली घर भएका बर्ष २५ का विजय मगरलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पक्राउ परेका मगरलाई म्याद थप गरेर अनुसन्धान गर्ने प्रक्रिया अगाडि बढाइएको छ । घटना दिउँसो तीन बजेको भएपनि पीडित महिलाहरुले साँझ ७ बजे मात्र ट्राफिक प्रहरीलाई आफूहरु बलत्कृत भएको जानकारी गराएका थिए ।

लगत्तै ट्राफिक प्रहरीले जिल्ला प्रहरी कार्यालय पठाएको थियो । घटनाको बारेमा थाहा भए लगत्तै प्रहरीले जिल्लाको सबै नाका सिल गरेर दोषीको खोजी कार्य अगाडी बढाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले पीडितले उजुरी गर्नासाथ जिल्लाको सबै नाका सिल गरेर खोज्ने क्रममा राती दस बजे सेलेघाटबाट एक जना दोषीलाई पक्राउ गर्न सफल भएको बताए । बलात्कारको घटनामा कति जना सहभागी थिए भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।janabolihttps://www.youtube.com/watch?v=_fDM1ggOqMQ&t=6s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार