अर्घाखाँची । श्रीमतीको अवैध सम्बन्धले हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

घटना अर्घाखाँची जिल्लाको हो । जहाँ आफ्नी श्रीमतीसँग अवैध शारीरिक सम्पर्क राखेको भन्दै एक युवकले आफ्नै छिमेकीको हत्या गरे । उनको नाम हो जगत मुखिया । जसले खल्जी गाविस– ४ का हेमराज भण्डारीको हत्या गरेका हुन् ।

प्यूठान दाङवाङ– १ का २१ वर्षीय मुखियालाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी कमलराज खरेलले मुखियाले ४ गते राति भण्डारीकै घरमा उनको हत्या गरेको जानकारी दिनुभयो ।

‘मुखियाकी श्रीमतीसँग भण्डारीले अनैतिक सम्बन्ध राखेपछि आक्रोशमा आएर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ’ डीएसपी खरेलले भन्नुभयो । भारतमा जागिर गर्दै आएका मुखिया घर नभएको बेला उनकी श्रीमती र हेमराजको सम्बन्ध बसेको थियो ।

भर्खरै मात्र भारतबाट घर फर्किएका मुखियाले गाउँमा श्रीमती सल्किएको हल्ला चलेपछि भण्डारीकै घर गएर उनको हत्या गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार