काठमाडौं । पछिल्लो समय विश्वमा मात्रै नभई नेपालमा पनी जादु गर्नेहरुको ठुलो भिड देखिएको छ । चोक चोकहरुमा जादुगरहरु बसेका हुन्छन् । भारत पनी यो कुराबाट अछुतो रहने कुरा भएन ।
यस्तै जादु गर्दा एक भारतीयलाई महंगो पर्न गएको छ । हातखुट्टा बाँधेर जादु देखाउन नदीमा पसेको जादुगर बेपत्ता भएका छन् । छ वटा ताला लगाइएको साङ्लोले उनको खुट्टा बाँधेर नदीमा छिरेपछि उनी बेपत्ता भएका हुन् । ४० वर्षीय उनी हिजो देखि बेपत्ता भएका हुन् ।
पानीबाट बाहिर आउने भन्दै डुङ्गाबाट पानीमा ओरालिएका उनलाई हेर्न त्यहाँ थुप्रैको भिड लागेको थियो । तर लामो समयसम्म बाहिर नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । उनको मृत्यु भएको आशंका गरिएको छ । तर शव नभेटिएसम्म भने मृत घोषणा गरिने छैन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यो घटना पश्चिम बङ्गालको कोलकातास्थित हूग्ली नदीमा भएको हो । उनको खोजी भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । लाहिरी जादुगरले मानिसहरुलाई जादुप्रति विश्वास जगाउन यसो गरेको एक पत्रकारलाई बताएको कुरा बीबीसीले जनाएको छ ।
ती लाहिरीले फोटो खिच्न गएका पत्रकारले ‘किन ज्यान जोखिममा पारेर जादु देखाउन लागेको भनेर सोधेको थिएँ । उनी हाँसे र भने, ‘मैले राम्ररी गरे भनेँ यो जादु हुन्छ । मैले गल्ती गरेँ भने यो दुस्खान्त हुन्छ ।’ भनेको जनाइएको छ । एजेन्सी







