म्याग्दी । रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित बेनी जोमसोम सडकमा पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग.१ ज ५९०९ नम्बरको जिपलाई रोकी यात्रुहरुको नगद तथा समान लुटपाट गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा म्याग्दी अन्नपूर्ण गाउँपालिका–७ हिस्ताङ बस्ने समित पुन, म्याग्दी रघुगंगा गाउँपालिका–१ टिप्ल्याङ बस्ने यमस पुर्जा र पर्वत जलजला गाउँपालिका–३ पारी बस्ने कुशल पाईजा रहेका छन् ।
उनीहरुले उक्त जिप रोकी यात्रुहरुको साथमा रहेको नगद तथा झोलाहरु लुटि फरार भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई भाग्दा भाग्दै फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।janaboli







