काठमाडौ । सडक दुर्घटनामा ६ जनाको ज्यान गएको छ । हिजो राति भएको दुर्घटनामा ७ जना गम्भीर घाइते भएको जानकारी दिइएको छ । भारत उत्तर प्रदेशको सीतापुर स्थित तेड़वा चिलौलामा हिजो राति तेल ट्याङकर र ट्रयाक्टर एक आफसमा ठोक्कीएपछि ६ जनाको ज्यान गएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार ट्रयाक्टरमा सवार सबैजना विवाहको लागि गइरहेका थिए । उनीहरु जाँदै गर्दा तिव्र गतिमा आएको ट्याङकरले ट्रकलाई ठक्कर दिएको थियो । घाइतेहरुको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घाइते भएकाहरुमा ३ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । तीन जनालाई लखनऊको ट्रमा केन्द्र पठाइएको छ । सीतापुरका एसपी एलआर कुमारले ६ जनाको ज्यान गएको पुष्टि गर्नुभएको हो ।
स्थानीयहरुले दिएको जानकारी अनुसार ट्याक्टरमा जममाजम्मी कम्तीमा ४० जना सवार थिए । यो दुर्घटना पछि विवाहको सपना पनी तत्काललाई तुहिएर गएको छ । ज्यान गुमाउनेहरुको सनाखत भइसकेको छैन । प्रहरीले घटनाका बारेमा आवश्यक थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।janaboli







