डेढ वर्षको बालक भनेको बोल्न खान केही पनि जानेको हुँदैन् । जसलाई यहाँ जेलमा राखिएको छ । उसको दोष पनि केही छैन् तर, पनि उनी कानुनी अड्चनका कारण अवोध अवस्थामै जेलमा बसिरहेका छन् ।

घटना हो भारतको राजधानी नयाँ दिल्लीको । नयाँ दिल्लीको भोपालमा डेढ वर्षका अवोध बालक एक्लै जेलमा बस्न बाध्य छन् । पति विकासको हत्या आरोपमा पुलिसले १० अगस्तमा सरस्वतीलाई गिरफ्तार गरेर जेल पठाएका थिए । जेल पठाएको केही दिनमै सरस्वतीले जेलमा विष सेवन गरिन्, जसकारण उनको उपचारकै क्रममा मृत्यु भयो । त्यसपछि यी डेढ वर्षीय बच्चा आयुषलाई सप्ताह सेजेल जेलमा बन्द कोठामा राखिएको छ । आमासँगै जेलमा राखिएका यी अवोध बालक अहिले बेसाहरा बनेका छन् ।

अहिले यी अवोध बालकका हजुरबा राम प्रसाद अहिरवार र हजुरआमा आनन्दी बाई उनलाई जेलबाट घर लग्नका लागि कसरत गरिरहेका छन् । आयुषका हजुबा–हजुरआमा जब जेल जान्छन् तब उहाँ उनीहरुलाई भनिन्छ कि अदालतको फैसला आउने वित्तिकै आयुषलाई उनका परिवारको जिम्मा लगाइनेछ । छोराको हत्या र बुहारीको आत्महत्यापछि बेसहारा हजुरबा–हजुरआमा अहिले नाती आयुषलाई पाउन दिनदिनै कारागार धाइरहेका छन् ।

बेसाहारा दम्पत्तीका अनुसार उनीहरुलाई थाहा छैन् कि जेलभित्र आयुष कुन अवस्था बसिरहेको छ । कस्ले उनको पालन–पोषण गरिरहेको छ । उनीहरु दिनदिनै जेलरसँग नाती पाउन हारगुहार गरिरहेका छन् ।dainiknepal

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार