काठमाडौं । नेपालमा अहिले चारै तिर महाभुक्मपको त्रास देखिएको छ । विश्वमा अहिले बढ्दै गएको जनसंख्या र यसको चापले गर्दा समयसमयमा प्रलय आउँने गरेको छ । यदी मानव जातीले समयमा नै नसोच्ने हो भने भोलीका दिनमा भयावह अवस्थाको सिर्जना हुन समय लाग्छ भन्न सक्ने अवस्था छैन ।

अहिले भुकम्प, बाढी, पहिरो जस्ता विपतहरुले मानिसहरुलाई सताइरहेको छ । जलवायु परिवर्तको समस्या पनी अहिले विश्व समुदाय झेल्दै आएको छ । चीनमा गएका दुई शक्तिशाली भूकम्पबाट मृत्यु हुनेहरुको संख्या आज ११ भएको छ । चीनको दुर्गम क्षेत्रमा भुकम्प गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

झन्डै लगभग ३० मिनेटको फरकमा सोमबार सिचुआनको दक्षिणपश्चिमी प्रान्तमा २ वटा भुकम्पको धक्का महसुस गरिएको थियो । भुकम्पको केन्द्र क्षेत्रीय शहरमा जस्तै चेन्गदूको प्रान्तीय राजधानी र चोंगकिंगको महानगर क्षेत्रमा महसूस गरिएको थियो ।

स्थानीय सञ्चारमाध्यम र त्यहाँका सर्वसाधारणहरुले सामाजिक सञ्जालमा राखेका तस्वीरहरुमा मान्छेहरु भागेको देखि लिएर केही घरहरु भत्केको पनी देखाइएको छ । उद्धारकर्ताहरूले धेरै मानिसहरूलाई जिउँदै उद्धार गरिरहेका छन् । घर भवनहरु भत्केका कारण उद्धारमा ढिलाई भइरहेको छ । केही मानिसहरु घर भित्र च्यापीएको बताइएको छ ।

भुकम्पले प्रभावित भएको क्षेत्र गाउँ भएको जानकारी दिइएको छ । अमेरिकी भुर्भगविद्हरुका अनुसार चीनमा गएको सोमबार ५.९ र ५.२ म्याग्न्च्युट रहेको जानकारी दिइएको छ । यस भुकम्पको उत्पती १० किलोमिटर गहिराईबाट भएको थियो ।

यता चीनले पनी भुकम्प गएकोबारे जानकारी गराएको छ । सन २००८ मा सिचुआनमा गएको महा भुकम्पमा झण्डै ७० हजार मानिसले ज्यान गुमाएका थिए । चीन बाहिरी रुपमा हेर्दा विकसित देखिएको भए पनी दुर दराजका केही क्षेत्रहरुमा विकासमा पछाडी छन् । News Source

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार