‘फ्रेण्डशिप-डे’को एक भिडियो अहिले सोसल नेटवर्किंग साईट् यू-ट्यूबमा भाइरल बनेको छ । यद्यपी यो भिडियोमा दुई साथी आफ्नो फल्याटमा देखिएका छन् । जहाँ उनीहरुसँग एक साथी की गर्लफ्रेण्ड पनि छिन् ।

यही बीचमा एक साथी आफ्नी गर्लफ्रेण्डलाई त्यही छाडेर केही विशेष कामले बाहिर जान्छन् । अर्का साथी र उनकी गर्लफ्रेण्ड त्यही कोठामा बसिरहेका हुन्छन् । केही समयपछि युवती आफ्ना ब्वाईफ्रेण्डका साथीलाई माया गर्न खोज्छिन् । आफ्नो मायामा फसाउन थुप्रै प्रयास गर्छिन् । उनी पुरै कोसिस गर्छिन कि उनलाई आफ्नो माया पट्याउन सकु अर्थात आफ्नो तर्फ आकर्षित गर्न सकु । यदिसम्म की उनलाई किस पनि गर्छिन् । तर, ती युवक आफ्ना साथी की गर्लफ्रेण्डबाट टाढै बस्न खोज्छन् ।

त्यही बेला एक्कसी युवतीका ब्वाईफ्रेण्ड आउँछन् । उनलाई त्यस्तो अवस्थामा देखेपछि युवती ब्वाईफ्रेण्डका साथीमाथि झूटा आरोप लगाएर जबरजस्ती गर्न खोजेको आरोप लगाउँछिन् । र यो प्रमाणित गर्न खोज्छिन् की उनका साथीले एक्लै भएको बेला उनीसँग गलत हर्कत गर्ने प्रयास गरे । दुबै साथीबीच यो विषयलाई लिएर ठूलो विवाद हुन थाल्छ ।

त्यो हर्कत आफूले नगरेको प्रमाणित गर्न उनी सक्दैनन् तर पनि प्रयास राख्छन् । अन्तिममा जब युवक र उनकी गर्लफ्रेण्ड उनले नै जबरजस्ती गर्न खोजेको आरोप लगाएपछि रिसाएर दोस्ती तोड्दै झगडा गर्दै आफ्नो घर जान्छन् ।

यो भिडियोले दुई साथीबीच एक युवतीले झूठ बोलेर मित्रतामा कसरी दरार ल्याइन् भन्ने देखाइएको छ । मित्रतामा विश्वास र भरोसा हुनुपर्नेमा यो भिडियोले सन्देश दिन खोजेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार