बलिउड अभिनेत्री कंगना रनौत र अभिनेता आदित्य पंचोलीबीचको विवाद लामो समयदेखि चर्चामा आइरहेको छ । कुनै समय प्रेमसम्बन्धमा रहेका आदित्य र कंगनाको ब्रेकअपपछि एक अर्कालाई आरोप र प्रत्यारोप गर्न समेत पछि परेनन् । कंगनाले आदित्यमाथि बलात्कारको आरोप समेत लगाएकी थिइन् ।

उनीहरुको विवाद चलिरहँदा आदित्यकी पत्नी भने सधैँ आदित्यको साथमा उनको वकालत गरिरहेकी छिन् । उनले भर्खरै कंगनाले आदित्यमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म उनलाई राम्रोसँग बुझ्छु । उनले कहिल्यै पनि मसँग केहि कुरा लुकाएका छैनन् ।

उनले लामो समयसम्म आदित्यसँग सम्बन्धमा रहेकी कंगनाले बलात्कारको आरोप लगाउनुमा कुनै अर्थ नभएको समेत जिकिर गरिन् ।

उनले एक अन्तरवार्तामा भनिन्,‘ कंगना र आदित्य साढे चार वर्ष डेट गरेका थिए । त्यसैले कंगनलाई म कसरी छोरी जस्तो मानाँै ? ’

कंगनाले २०१७ सालमा फिल्म ‘सिमरन’ को प्रमोशनको दौरान आदित्य पंचोलीमाथि बलात्कारको आरोप लगाएकी थिइन् । उनले जरिनासँग मद्दत मागेको तर उनले मद्दत नगरेको आरोप समेत लगाएकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार