मण्डपमा सात फेरा लगाएर घर भित्र्याएकी श्रीमती परपुरुषसँग सल्किएपछि एक युवकले उसैसँग विवाह गरिदिएका छन् । आफ्नी पत्नीको खुसी हेर्न चाहने श्रीमानले उनकै प्रेमीसँग बिहे गरिदिएर दुनियाँलार्इ चकित पारेका हुन् ।

यो घटना भारतको उत्तर प्रदेशको फैजाबाद जिल्लाको हो । फैजाबादको चौरे बजारमा बस्दै आएका फूलचन्दको बिहे दुर्इ वर्ष अघि नजिकैको गाउँकी चन्दासँग भएको थियो । तर, चन्दा बिहे अघिदेखि नै अर्कै युवासँगको प्रेममा थिइन् । बाबुआमाले छोरी गाउँकै सुरजसँग प्रेममा परेको थाहा हुँदाहुँदै उनको बिहे छोरीको मन्जुरीबिना फूलचन्दसँग गरिदिए ।

बिहे भएको केही दिनपछि फूलचन्द रोजगारीका लागि सहर लागे । त्यही बेला चन्दाका प्रेमी उनलार्इ भेट्न उनको गाउँमै आइपुगे । चन्दाको बिहेपछि पनि उनीहरुबीचको प्रेम झन गाढा हुँदै गयो ।

जब दुर्इ वर्षपछि फूलचन्द रोजगारी गरेर जब आफ्नो गाउँ फर्के तब पत्नी चन्दाले आफू सुरजसँगको प्रेममा रहेको कुरा सुनाइन् । पत्नीले आफूलार्इ ढाँटेर अर्कैको प्रेममा रहेको थाहा पाएपछि फूलचन्द शुरुमा रिसाए । तर केही समयपछि उनी आफैंले पत्नीको बिहे उनका प्रेमीसँग गरिदिने निचोड निकाले ।

शुरुमा रिसाएका फूलचन्दले अन्त्यमा गाउँकै प्रधानपञ्चलार्इ बोलाएर प्रेमीसँग पत्नीको बिहे गरिदिए । ‘मेरो बिहे चन्दासँग भएको थियो, मैले उनलार्इ धेरै खुसी दिउँला भन्ने सोचेको थिएँ’, फूलचन्दले भने, ‘तर उनी म सँग सन्तुष्ट हुन सकिनन्, उनी सुरजसँग प्रेम गर्दिरहिछन् । प्रेम सफल बनाइदिन पत्नीको बिहे उनका प्रेमीसँग गरिदिएको हुँ ।’

भारतमा पत्निको खुसीका लागि पतिले नै प्रेमीसँग विवाह गरिदिएको यो पहिलो घटना हो । परपुरुषको सम्बन्धका कारण कतिपय परिवारमा त अपराध समेत जन्मिने गरेको पाइन्छ ।एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार