काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जबर्जस्ती योन धन्दा गराउन लगाउने पुर्वेली खाजा घरका सञ्चालकलाई पक्राउ गरेको छ । १६ बर्षीय बालिकालाई जबर्जस्ती योन धन्दामा लगाउने
पुर्वेली खाजा घर सञ्चालकलाई बिशेष सुचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम राज सुवेदीले १६ वर्षीय बालिका, भाडा माझ्ने र अन्य सरसफाइ गर्ने बालिकालाई योन धन्दामा लगाएको आरोपमा सुवेदीलाई पक्राउ परेको बताउनु भएको छ। उहाँले भन्नुभयो, ‘ती बालिकालाई कुटपट गरि शरिरभरी निल डाम हुने गरि कुटने, माधक पदाथ सेवन गराई याौन जन्य कृयाकलापमा संलग्न गराइरहेको भन्नो बिशेष सुचनाको आधारमा पुर्वेली खाजा घरका सञ्चालकलाई पक्राउ गरेका हौं ।’
जडिबुटीबाट पक्राउ परेका तामाङलाई मानव बेचविखन अन्तर्गत मुद्दा चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।rmkhabar







