एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आयोजक इंग्ल्याण्डले मंगलबार एसियाली देश अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेपछि म्यानचेस्टरमा सुरु हुनेछ । आयोजक टिम इंग्ल्याण्डलाई उपाधिको दाबेदारका रुपमा लिइएको छ ।
अफगानिस्तान भने प्रतियोगिताकै कमजोर टिमका रुपमा रहेको छ । अहिलेसम्म खेलका सबै चार खेलमा पराजित भएको अफगानिस्तानले अंकको खाता खोल्न सकेको छैन ।
चार खेल मध्ये तीनमा जित र एकमा हार बेहोरेको इंग्ल्याण्ड ६ अंकसहित चौथो स्थानमा छ ।







