सुकेधारा विस्फोटमा घाइते भएका आफन्तले प्रहरी प्रशासनको टर्चरको सीमा नाघेको बताएका छन् । आइतबार ओम अस्पतालमै पत्रकार सम्मेलन गरेर घाइतेका आफन्तले कुरुवा बस्ने अवस्थासमेत नरहेको बताएका छन् ।

गत जेठ १२ गते सुकेधारा विस्फोटमा घटनास्थलमा एक र अस्पतालमा ४ जनाको ज्यान गएको थियो । सुकेधारा विस्फोटका तीन घाइतेमध्ये हरि खड्का र सुरेन्द्र मर्हजनको ओम अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते सैलुनका सञ्चालक जीवकुमार ठाकुरको उपचार ट्रमा सेन्टरमा भइरहेको छ ।

ओम अस्पतालमा उपचार गराइरहेका खड्का र महर्जनको परिवारले सरकारले उपचार पनि नगरेको बताए । “तिमीहरू विप्लवको कार्यकर्ता हौं भन्दै घरमा आएर टर्चर दिन्छ,” एक आफन्तले रुँदै भनिन्, “मेरो चारवर्षे काखे छोरो छ, किन मलाई टर्चर दिन्छ ?”

उनले मानवीयताको नाताले घाइतेको उपचार गनुपर्ने ठाउँमा वयान दिन लगाइएको र उपचारमा राज्यले धर्मसमेत निभाउन नसकेको आरोप लगाए । आफन्तले अहिलेसम्म १० लाख खर्च भइसकेको बताएका छन् ।  सरकारले अनुसन्धान मात्र गरेको तर धर्म पूरा नगरेको आरोप लगाए ।

“पहिलो निको हुन दिनूहोस्, त्यसपछि अनुसन्धान गर्नुहोला,” आफन्तको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार