मध्यपश्चिमाञ्चल विश्वविद्यालय टि–सर्टको विषयलाइ लिएर आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबिच झडप भएको छ । नबौं स्थापना दिवशको अवसरमा विश्वविद्यालयले टि–सर्ट लगाउने बहानामा निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले आन्दोलनमा थिए ।
उनीहरुले विश्वविद्यालय कार्यक्रम स्थलमै नाराबाजी र ढुङ्गामुडा गरेका छन् ।
काठमाडौँको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेशन कलेजको टि–सर्ट्मा विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले संयुक्त विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।
प्रहरीले विद्यार्थीहरुको आन्दोलनलाई तितरबितर पार्न खोजेपछि झडप भएको हो।







