प्रहरीले अनेरास्ववियुका झण्डै एक दर्जन नेताहरुलाई गिरफ्तार गरेको छ ।

मध्यपश्चिमाञ्चल विश्व विद्यालयको नवौ वार्षिकोत्सवका अवसरमा भएको कार्यक्रममा नीजि कलेजको प्रायोजनमा छापिएको टिर्शट वितरण गरिएको भन्दै विद्यार्थीहरुले विरोध गरेका थिए ।

विद्यार्थीहरुले उठाएका माग सम्बोधन गर्नुको साटो विश्ववविद्यालय प्रशासनले धरपकड र गिरफ्तार गरेको अनेरास्ववियुका संयोजक ऐन महरले बताए ।

प्रहरीले विद्यार्थी नेताहरु अमरराज शाही, धुपेन्द्र शाही, तिर्सना हमाल, नवीन योगी, गणेश शाही राजन केसी, महेन्द्रकुमार थापा, ममता अधिकारी, सरोज न्यौपाने बसन्त बस्नेत, न्युटन वलीलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार