गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रदेश प्रहरीका रुपमा सरुवा भएका डिआईजीहरुलाई विप्लव समूह र राजावादी गतिविधीमाथी निगरानी बढाउन निर्देशन दिएका छन्।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गृह मन्त्री बादलले प्रतिपक्षले साना विषय पनि उछालिरहेको भन्दै शान्ति सुरक्षा, सुशासन र जनतालाई प्रभावकारी सेवा प्रवाह हुने गरी काम गर्न निर्देशन पनि दिए।
उनले आफूलाई जिम्मेवार नागरिक ठानेर सचेततापूर्वक काम गर्न र विप्लवका गतिविधि समेत नियन्त्रणमा लिने गरी काम गर्न निर्देशन दिएका छन्। साथै उनले राजावादी र विखण्डनकारीकालाई निगरानी बढाउन भनेको बुझिएको छ।







