मेक्सिको प्रेसको लागि विश्वमै खतरनाक देशका रूपमा रहेको पाइएको छ ।

नयाँ बामपन्थी राष्ट्रपति अन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका कारण पनि थप नयाँ चुनौतीहरू पत्रकारहरूले भोग्नु परेको बताइएको समाचारमा उल्लेख गरिएको छ ।

यहाँका लोकप्रिय यी नेताले सेवा प्रवाह र सञ्चार माध्यमसँगको सम्वन्धमा आमुल परिवर्तन गर्ने भन्दै गत डिसेम्बरमा उनले  कार्यभार सम्हालेका थिए ।

उनका पूर्वपर्ती इन्रीक पेना निएटोले कहिल्यै पनि पत्रकारहरूको प्रश्नको जवाफ दिँदैनथे । तर ६५ वर्षीय लोपेजले हरेक हप्ताको अन्तिम दिन बिहान सात बजे पत्रकार सम्मेलन आयोजना गर्ने गरेका छन् ।

तर पनि पत्रकार सम्मेलनमा पनि पत्रकारका प्रश्नको जवाफ भने नदिने गरेको पत्रकारहरूको गुनासो छ । यतिमात्र नभएर उनले पत्रकारहरूलाई अपमान गर्ने गरेका गुनासो पनि पत्रकारहरूको छ ।

उनीहरूका अनुसार देशका राष्ट्रपतिको पत्रकारलाई गर्ने गरिएको यो अपमान पनि प्रेसमाथिको हिंसाका लागि प्रेरक बनेको छ ।

उनी पत्रकारहरूप्रति निरंकुश बन्दै गएको र पत्रकारहरूलाई निगरानीमा राख्ने, आलोचना गरेमा त्यस सञ्चारमाध्यमलाई तारो बनाउने जस्ता कामहरू पनि उनीबाट भएका प्रेस जगतको भनाइ छ ।

यसका साथै उनले देशको एक लोकप्रिय पत्रिका ‘रेफोर्मा’विरुद्ध पनि पटक-पटक आक्रमण गर्दै आएको तथा पत्रकारहरूलाई बरम्बार धम्की दिने गरेको बताइन्छ ।

मेक्सिको पत्रकारका लागि यसअघि पनि खतरापूर्ण रही आएको छ । सन् २ हजारदेखि आजसम्म यहाँ सय जनाभन्दा बढी पत्रकारको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार