काठमाडौं । प्रहरी सेवालाई समाजमा इज्जत र प्रष्ठिाको जागिरका रुपमा लिने गरिएको छ । समाजलाई सभ्य र सुन्दर बनाइराख्नको लागि प्रहरीको महत्वपुर्ण भुमिका हुने गर्दछ । समाजलाई सही मार्गमा लैजानको लागि प्रहरीको भुमिकालाई बयान गर्न आवश्यक हुँदैन ।
तर हाम्रो समाजमा केही यस्ता प्रहरी पनी हुन्छन् जसले समाज त धेरै टाढाको कुरा आफ्नो परिवरसमेत्त सुरक्षित राख्न सक्दैनन् । जब एउटा प्रहरीबाट उसकै परिवार सुरक्षित छैन भने अन्य व्यक्तिहरुको हालत के होला ?
एक जना पुर्व प्रहरीले आफ्नी छोरीलाई बलात्कार गर्न खोजे अनी नमान्दा गोली हारेर हत्या प्रयास गरेका छन् । अहिले हामीले कुरा गर्न लागेको घटना नेपालको भने होईन् ।
ग्वालियर (भारत/छत्तिसगढ) मा एक सेवानिवृत्त प्रहरी अधिकारीले नशाको तालमा आफ्नै १९ वर्षीय छोरीसँग यौन सम्बन्ध कायम गर्न कोशिस गरे अनी छोरीले इन्कार गर्दा गोली हानेर हत्या प्रयास हुन् ।
ति नरपिचासु बाबुलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । टाउकोमा गोली लागेर घाइते युवतीको उपचार भइरहेको छ ।
महाराजपुरा क्षेत्रका प्रहरी निरीक्षक रवि भदौरियाले सेवानिवृत प्रहरी ४६ वर्षीया राजेश राजावतलाई भारतीय संविधानको धारा ३०७ र धारा ३५४ अनुसार गिरफ्तार गरिएको जानकारी दिए ।
प्रहरीले राजेशको साथमा भएको बन्दुक पनी नियन्त्रणमा लिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा दीनदयाल नगरमा सोमबार राति रक्सीले मातेर आएका राजेशले छोरीलाई बलात्कार गर्न खोजेका थिए ।
राजेशकी पत्नी र छोरीले प्रतिकार गर्न खोज्दा उनले दुई गोली चलाएका थिए । एक गोली छोरीको टाउकोमा लाग्यो भने अर्को गोली आमा (पत्नी) को कान नजिकैबाट गयो ।
गोली लागेपछि छोरी गम्भीर घाइते भएकी छिन् उनको अहिले उपचार भइरहेको छ । भदौरियाका अनुसार गोली चलेको आवाज आएपछि छिमेकीहरुले प्रहरीलाई जानकारी गराएका थिए ।
स्थानीयको जानकारी पछि प्रहरी उक्त क्षेत्रमा पुगेर राजेशलाई बन्दुकसहित पक्राउ गर्न सफल भएको थियो । यो आफैंमा एक लाजमर्दो घटना भएको धेरैको बुझाइ रहेको छ ।
प्रहरीले घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ । यो पनी पढ्नुहोस्, अवैध रूपमा नेपाल भित्रिएका मोबाइल फोन ६ महिनापछि नचल्ने भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन अवैध आयात नियन्त्रण गर्ने प्रणाली ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान र सञ्चालन गर्न कम्पनी छनोट गरेको छ ।
योसँगै अवैधरूपमा आयात हुने मोबाइल फोन रोकिने भएको छ । प्राधिकरणले अवैधरूपमा नेपाल भित्रिने मोबाइल फोनको नियन्त्रण प्रणाली जडानका लागि न्युमेरा (एम) एसडीएन बीएचडी मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर कम्पनीलाई जिम्मा दिएको छ ।janaboli







