आयोजक ब्राजिल कोपा अमेरिका फुटबल अन्तर्गत बुधबार बिहान भएको समूह चरणको आफ्नो दोस्रो खेलमा गोल रहित बराबरीमा रोकिएको छ ।

समूह ए मा रहेको ब्राजिललाई भेनेजुएलाले गोल गर्न नदिएको हो । खेल अवधिभर बलमा नियन्त्रण बढी समय रहे पनि ब्राजिलले गोल गर्न सकेन । उसले धेरै पटक गोल गर्ने प्रयास भने गरेको थियो ।

पहिलो खेलमा बोलिभियालाई ३–० ले हराएको ब्राजिल पहिलो खेलमा पेरुसँग बराबरी गरेको भेनेजुएलासँग रोकिएको हो । भेनेजुएलाले दुवै खेलमा गोल गर्न सकेन र गोल पनि खाएको छैन ।

दुई खेलबाट चार अंक जोडेको ब्राजिल समूहको शीर्ष स्थानमा छ । चार अंकसहित पेरु दोस्रो तथा दुई अंक रहेको भेनेजुएला तेस्रो स्थानमा छ ।

कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार बिहीबार बिहान सवा तीनबजे पछि कोलम्बियाले कतारसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै बिहीबार बिहान सवा ६ बजेपछि हुने खेलमा अर्जेन्टिनाले पाराग्वेको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार