सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंमा बुधबार प्रदर्शन गरिएको छ।

विभिन्न ठाउँबाट नेपाली झण्डा बोकेर सुरू भएको र्‍याली माइतीघर मण्डलातर्फ अघि बढ्दा सवारी आवागमनमा भने समस्या भएको छ। सडकमा प्रदर्शनकारीले गुठी विधेयक खारेजीको नारा लगाइराखेका छन्।

गुठियार तथा नेवा देय: दबुलगायतको आह्वानमा गुठी विधेयक खारेजी माग गर्दै प्रदर्शन गरिएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरोकारवालासँग छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै मंगलबार विधेयक फिर्ता लिएकी थिइन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार