काठमाडौं । पछिल्ला दिनहरुमा भुकम्प आउँनु सामान्यजस्तै भएको छ । हरेक दिनजसो विश्वमा कतै न कतै भुकम्पको धक्का महसुस हुँदै आएको छ । विश्वमा भुकम्पको उच्च जोखिम भएका देशहरु छुट्याइएको छ ।

जापान पनि तिनै देशहरु मध्यको एक देश हो । आफ्नो उच्च प्रविधिको विकासले जापान आज भुकम्पलाई जित्न सक्ने अवस्थामा पुगेको छ । यो बिचमा जापानमा मंगलवार ६.४ रेक्टर स्केलको शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ ।

जापान सरकारले सुनामीको खत्तरा भएको भन्दै सुचित गरेको भए पनि पछि फिर्ता लिएको थियो । जापानका विभिन्न शहरहरुमा गएको भुकम्पमा कम्तीमा २६ जना गम्भीर घाइते भएको जानकारी दिइएको छ ।

जापानको मौसम विभागले मंगलवार सुनामीको खत्तरा भएको भन्दै सुचाना जारी गरेको थियो । तर जापानको मौसम विभागले उक्त सुचनालाई ३ घण्टा भित्रमा फिर्ता लिदैं सुनामीको खत्तरा नभएको जानकारी दिएको थियो ।

जापानाका प्रधानमन्त्री शिंजो आबेले भुकम्पसँग लड्न सरकार पुर्ण रुपमा तयार भएको बताउनु भएको छ । सर्वसाधारणलाई सावधान रहन अपिल गरिएको छ ।

समाचार एजेन्सीका अनुसार बुधवार उत्तर पश्चिमी जापानमा भुकम्पका कारण २६ जना गम्भीर घाइते भएका हुन् । यमागातामा जम्मा १७ जना, नीगाता र मियागी ४–४ जना अर्थात कुल ८ जना र इशिकावा प्रान्तमा १ जना घाइते भएका हुन ।

भुकम्पले अन्य के कति क्षति गरेको छ भन्ने एकिन भइसकेको छैन । अधिकारीहरुका अनुसार उक्त क्षेत्रमा घर भत्कनुका साथै सडक पनि चर्केको हुनुपर्छ । उक्त क्षेत्रमा हिजो रेल सेवा बन्द भएको थियो तर आज देखि सुरु भएको छ ।

जापानी अधिकारीहरुले फेरि शक्तिशाली भुकम्प जानसक्ने भन्दै सबैलाई सर्तक रहन अनुरोध गरेका छन् । केही प्रान्तहरुमा खराब मौसम भएका कारण बाढी पहिरोको पनि समस्या देखिएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार