काठमाडौं । बलात्कार एक सामाजिक अपराध हो । बलात्कारीलाई हदैसम्मको कारबाही हुनुपर्छ । सभ्य र सुन्दर समाज निर्माणमा प्रहरीको उच्च भुमिका हुने गर्छ । तर के हुन्छ जब बलात्कारको आरोपमा कुनै प्रहरी नै पक्राउ पर्छन ? हो बलात्कारको आरोपमा नेपाल प्रहरीका हवल्दार पक्राउ परेका छन् ।
यहीँ जेठ २१ गते राति तुलसीपुर ६ गाइडरमा ३१ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा अस्थायी प्रहरी चौकी नयाँ बसपार्कमा कार्यरत हवल्दार ३६ वर्षीय मानबहादुर गुरुङदाई पक्राउ गरिएको हो । उनी पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । इप्रका तुलसीपुरका प्रमुख डीएसपी प्रेम शाहीका अनुसार हवल्दार गुरुङ सँगै ३३ वर्षीय किशोर भण्डारीलाई जेठ २७ गते पक्राउ गरिएको थियो ।
उनीहरुलाई पहिलोपटक सात दिन र दोस्रो पटक १० दिनको म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार बलात्कार भएकी भनिएकी ती महिलाले यसअघी पनि पटकपटक गरी चार जना पुरुष विरुद्ध बलात्कारको मुद्दा हालेकी थिईन ।
तपाईलाई जानकारी गराउँ एकजना बलात्कारका आरोपी कैद भुक्तानगरी जेलमुक्त भइसकेका छन् भने अन्यले जेल जीवन बिताइरहेका छन् । सुन्दर समाज निर्माणमा अहम भुमिका भएको प्रहरी संगठन नै बलात्कार जस्ता जघन्य अपराधमा संलग्न भएमा जनताले के अपेक्षा गर्लान ? भन्ने प्रश्न गम्भीर भएको छ ।janaboli







