तपाईले आजसम्म कागतीको फाइदा बारे मात्र सुन्नु भएको छ । कागती वजन कम गर्न मात्र नभएर छालाको हेरचाहको लागि पनि काम आउँछ । तर आज हामी यसको बढी प्रयोगले कस्तो हानी पुग्छ भन्ने जानकारी दिन्छौं ।
मानिसले विहान उठेपछि कागती पानी खन्छन् जसले निकैं फाइदा पुराउँछ , तर यसको साइड इफेक्ट पनि छन् । पेट संवेदनशील भएका मानिसले कागती पानीको सेवन गर्न हुन्न । कागति धेरै एसिडिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ ।
कागतीको प्रयोग धेरैजसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ । पिम्पल्स, दागहरु हटाउन कागतिको प्रयोग हुने गरेको छ तर यसबाट बेफाइदा पनि हुनसक्छ ।
यदी तपाईको गाला वा अनुहारमा यदी घाउ, चिलाउने लगायतका समस्या छ भने कागतीको प्रयोग गर्न हुन्न । कागती बढी सेवन गर्दा यसले पेटलाई पनि वेफाइदा पु¥याउँछ ।
यसको प्रयोगले अल्सर, दातको समस्या, पेट बिग्रने तथा डिहाइड्रेसनको समस्या उत्पन्न हुन्छ । यसका साथै पटक पटक पिशास आउने, किड्नीमा समस्या देखा पर्न सक्छ । धेरै कागती पानीको सेवनले छाति पोल्ने लगायतका समस्या आउँछ । यदी तपाईलाई अल्सर छ भने कागति पानीको प्रयोग नगर्दा फाइदा हुन्छ ।
पानी पिउनु अत्यन्त जरूरी छ । यसले शरीरको विषालु पदार्थ बाहिर निकाल्छ र रोगहरू हटाइदिन्छ । एकाबिहानै एक गिलास पानी पिउँदा दिन नै राम्रो बित्छ । बिहान पानी पिएपछि एक घन्टासम्म केही नखानुस् । दिनभरिमा १० गिलास पानी पिउनुस् ।
खाली पेटमा पानी पिउनुको फाइदा :
बिहान खाली पेट एक गिलास पानी पिउँदा पेट सफा हुन्छ । यसले गर्दा शरीरले पोषक तत्त्व सजिलै ग्रहण गर्छ र पाचन प्रक्रिया राम्रो हुन्छ ।
छालालाई चम्किलो बनाउनका लागि पानी पिउनु जरूरी हुन्छ । यसले रगत सफा गराउँछ र छालासम्बन्धी समस्या भाग्छ ।
बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ । यसबाट अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ । पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ । खाली पेट पानी पिउँदा छेरपट्टी र मिर्गौलासँग सम्बन्धित समस्या, टाउकोदुखाइ, पेटमा ग्यास भरिने समस्या भाग्छन् ।-एजेन्सी<







