काठमाडौ । चर्चित अमेरिकी पत्रकार जमल खसोग्गीको हत्या भएको आज झण्डै वर्ष दिन पुगेको छ । यो बिचमा उनको हत्या रहस्यमय पनि नभएको होईन । उनको हत्यामा साउदी राजकुमार मोहम्मद बीन सलमानको संलग्नता भएकोले उनीमाथि अनुसन्धान गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघले हालै जारी गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । खसोग्गी हत्याबारे गरिएको खोजीमा राजकुमार सलमानको संलग्नता रहेको विश्वसनीय प्रमाण भेटिएकाले उनीमाथि अनुसन्धान गर्नुपर्ने बताइएको छ ।
रिपोर्टमा खसोग्गीको हत्या हुनुअघिको अडियो रेकर्ड समेत उल्लेख गरिएको छ । जहाँ महेर अब्दुलाजीज मुत्रेब र बीन सलमानबीचको गोप्य कुराकानी पनि रिपोर्टमा सार्वजनिक गरिएको छ ।
हत्यापछि खसोग्गीको शरीरलाई कसरी केभित्र राख्ने भन्ने जस्ता विषयमा सलमान बीनसँग गरिएका छलफलका अडियो समेत रिपोर्टले सार्वजनिक गरेको हो । यसबाहेक साउदी अरेबियाले टर्कीसँग कुटनीतिक मर्यादा मिचेकोमा माफी माग्नुपर्ने समेत युएन रिपोर्टमा उल्लेख गरिएको छ । पत्रकार खसोग्गी लामो समय देखि अमेरिकामा रहेर साउदी राज परिवारका बारेमा धेरै नकारात्मक कुराहरु लेख्दै आएका थिए ।janaboli







