कति खेर गर्ने व्यायाम ? जानी राखौं

स्वस्थ शरीरका लागि खानपिनसँगै अभ्यास पनि आवश्यक पर्छ । शारीरिक रूपले स्वस्थ मानिस मानसिक रूपले पनि स्वस्थ रहन्छ । त्यसका लागि नियमित व्यायाम गर्नुपर्छ। सही समयमा गरिएको नियमित व्यायामले शरीरलाई बढी फाइदा पुर्‍याउँछ।

काठमाडौं : स्वस्थ शरीरका लागि खानपिनसँगै अभ्यास पनि आवश्यक पर्छ । शारीरिक रूपले स्वस्थ मानिस मानसिक रूपले पनि स्वस्थ रहन्छ । त्यसका लागि नियमित व्यायाम गर्नुपर्छ। सही समयमा गरिएको नियमित व्यायामले शरीरलाई बढी फाइदा पुर्‍याउँछ।

कतिपयले बिहान व्यायाम गर्दा फाइदा बढी हुने बताउँछन् भने केहीका अनुसार साँझ व्यायाम गर्दा बढी फाइदा पुग्छ ।

– रातभर निद्रा पुर्‍याएर बिहान व्यायाम गर्दा अधिक ऊर्जा प्राप्त हुन्छ। यो गर्दा मानिस दिनभरि ऊर्जावान् रहन्छ। त्यसैले बिहानको समय व्यायामका लागि उपयुक्त मात्र होइन, मानिसलाई दिनभरि ऊर्जाशील बनाइराख्न पनि सहयोगी छ। राति व्यायाम गर्न रुचाउनेहरूले पनि बिहानको समयमा गर्नु उत्तम हुनेछ।

–राति ढिला सुत्ने र बिहान ढ्लिा उठ्नेहरूलाई बिहानको व्यायामले सही लाभ नमिल्न पनि सक्छ। यस्ता मानिसले बेलुकाको समयमा व्यायाम गर्नु ठीक हुनेछ । आफ्नो सुविधाअनुसार बेलुकाको समय निकाली अभ्यास गर्नुपर्छ।

–व्यायाम बिहान गर्नुस् अथवा बेलुका, जतिखेर गरे पनि नियमित र अनुशासित भएर गर्नुपर्छ। व्यायामका लागि बनाइएको तालिकालाई अनुशासित भएर पालना गर्नुपर्छ। अनुशासित भएर नियमित व्यायाम गरे शरीरलाई फाइदैफाइदा पुग्छ।

https://youtu.be/9GTAOdfnWgE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार