काठमाडौं । चर्चित गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीले संसदमा गाँजा लिएर जानु भएको छ । उहाँले गाँजाको विषयलाई संसदमा लिएर जानु भएको हो । यो भन्दा पहिले पनि नेकपा सांसद विरोध खतिवडाले पनि गाँजाको विषयलाई संसदमा लिएर जानु भएको थियो ।
यो बिचमा सांसद वलीले पशुपति क्षेत्रमा गाँजालाई खुला गरिनु पर्ने बताउनु भएको छ । बिहीबारको संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै वलीले पशुपति क्षेत्रमा गाँजा प्रतिबन्द लगाएको प्रति चासो राख्नु भएको हो ।
उहाँले भन्नुभयो, ‘विश्व अन्य देशमा पनि गाँजा छुट छ, यहाँ किन प्रतिबन्ध ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘पशुपति क्षेत्रमा गाँजा रोक लगाउनु हुन्न ।’
पशुपति क्षेत्र विकास कोषले पशुपतिलाई दुर्व्यसनरहित क्षेत्र बनाउने उद्देश्यले गाँजा प्रतिबन्द गरेको छ । प्रतिबन्धसँगै शिवरात्रि लगायतका पर्वमा गाँजा सेवन गर्न नपाइने भएको हो ।
कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्र गाँजा चरेस प्रतिबन्द गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पशुपति क्षेत्रमा गाँजा चरेस खान पाइदैन् ।
गाँजा चरेसले युवामा नकारात्मक दिसामा लगेको छ ।’ उहाँले शिवलाई गाँजा, भाङ धतुरो नै चाहिन्छ भन्ने कुरा गलत व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।
पशुपति क्षेत्रको वन क्रिडास्थल बनेको भन्दै सांसदले चासो प्रकट गरेका थिए । वनमा युवायुवतीको डेटिङ स्पट र दुव्यर्सनीको अखडा बनेको उनीहरुले बताए ।
सदस्य सचिव डा. ढकालले पहिले र अहिलेको परिस्थिति फरक रहेको बताउनुभयो । उहाँले वन क्षेत्रमा दिनहुँ २ पटक गस्ती टोली पठाउने गरेको जानकारी दिनुभयो ।janaboli
https://www.youtube.com/watch?v=9GTAOdfnWgE&t=45s







