लण्डनमा सिके राउतसम्बन्धी कार्यक्रम एकाएक किन भयो रद्ध ?
काठमाडौँ- विखण्डनवादी नेता भनेर चिनिने सिके राउतबारेको लण्डनमा बिहीबार आयोजना हुन लागेको एक कार्यक्रम सुरक्षाका कारण रद्द गरिएको छ।उक्त कार्यक्रममा उनलाई कालो मोसो लगाउने र जुत्ताको मालाले स्वागत गर्ने भनी सामाजिक सञ्जालमा प्रचार हुन थालेपछि राउतसम्बन्धी कार्यक्रम रद्द गरिएको हुनसक्ने अनुमान गरिएको छ।
बेलायतको लण्डनस्थित फ्युजन बुल्विचमा उक्त कार्यक्रम आयोजना हुने बताइएको थियो। राउत केही दिनयता बेलायत यात्रामा छन्।