काठमाडौं । आफ्नी गर्लफ्रेन्डलाई प्रेम र समर्पणको अनुभुति दिलाउन जो कोही युवक उनलाई अँगालोमा बेर्न चाहन्छ ।
तर यदि तपाइँ प्रेमको सुरुवातमा हुनुहुन्छ वा प्रेम उतिसारो परिपक्व भैसकेको छैन भने माया झ्यांगिने भ्रममा गर्लफ्रेन्डलाई अँगालो नहाल्नु नै बेस हुन्छ ।
कुनै सोँचविचार नगरीकन गर्लफ्रेन्डलाई अँगालोमा बेर्दा तपाइँको प्रेम सम्बन्ध नै टुट्ने खतरा रहन्छ । हालै गरिएको एक अध्ययनले अधिकांश युवतीहरुलाई आलिंगन गर्न मन नपर्ने तथ्य पत्ता लगाएको छ ।
युवकहरुलाई कुनै युवतीसँग अँगालोमा बाँधिन निकै मन पर्ने भएपनि युवतीहरुको हकमा भने त्यो ठ्याक्कै उल्टो हुने अध्ययनको निष्कर्ष छ । अध्ययनका अनुसार एक तिहाइ युवती कुनै युवक चाहे त्यो ब्वायफ्रेन्ड नै किन नहोस् त्यसको अँगालोमा बेरिन मन पराउँदैनन् ।
अधिकांश महिला आफ्नो ब्वायफ्रेन्ड, पार्टनर वा साथी रिसाउने डरले र उसको मन राखिदिनको लागि मात्रै दबाबमा केटाको अँगालोमा लुट्पुटिन्छन् ।
अध्ययनका अनुसार विवाहित महिलाको हकमा केबल ५५ प्रतिशत महिला मात्र राजिखुसीले आफ्नो लोग्नेसँग अँगालोमा बेरिन्छन् ।
सयमा ४५ जना महिला भने ओछ्यानमा समेत श्रीमान वा पार्टनरको अँगालोमा बेरिन मन पराउँदैनन् । उनीहरु मज्जाले एक्लै निदाउन चाहन्छन् ।
त्यसैले यो अध्ययनको निष्कर्षलाई ध्यान दिँदै आफ्नी प्रेमिकालाई अँगालोमा बाँध्न नहतारिनु नै उत्तम हुनेछ । एजेन्सीको सहयोगमा
https://www.youtube.com/watch?v=9GTAOdfnWgE&t=45s







