
नेइमारका लागि बार्सिलोना जस्तो उत्कृष्ट टिम र बार्सिलोनाका लागि नेइमार जस्तो उत्कृष्ट खेलाडीको विकल्प नरहेको उनका एक साथीले बताएको स्पोर्टसले उल्लेख गरेको छ ।
नेइमार अहिले बार्सिलोना छोडेर आफूले गल्ती गरेको स्वीकार गर्ने अवस्थामा पुगेको बताइन्छ । यस्तै लियोनल मेस्सीसँगको साथ तथा बार्सिलोनाको विश्वव्यापी इमेजका कारण नेइमार पुनः क्लब फर्किन चाहेको उल्लेख छ ।
त्यो भन्दा पनि ठूलो कुरा नेइमार पुनः खुशी हुन चाहेको र त्यो बार्सिलोनामा सम्भव रहेको बताइन्छ ।







