सत्तारुढ दलका सांसद शिवकुमार मण्डलले सर्लाहीको लालबन्दीमा भएको घटनाको सत्य तथ्यबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहिबार लालबन्दीमा प्रहरी र नेतत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताबीच भीडन्त हुँदा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मुत्यु भएको प्रहरीले जनाएको छ । यता, विप्लव नेतृत्वको नेकपाले भने उनलाई भीडन्त नभएर पक्रेर मारिएको भन्दै गैरन्यायीक हत्या गरिएको आरोप लगाएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सासंद मण्डलले सो घटनाको सत्य तथ्यबारे गृहमन्त्रालयले जानकरी दिनुपर्ने बताए ।

उनले भने, ‘सर्लाहीको लालबन्दी भन्ने ठाउँमा विप्लवको कार्यकर्ता भिडन्तमा मारिएको भन्ने सुनिएको छ । वास्तवाम यतिबेला निःशस्त्र व्यक्तिहरुलाई मार्ने कुराले राज्यप्रतिको प्रश्न अत्यन्त संवेदनशील र गम्भीर बन्दै गएको छ ।’

सांसद मण्डलले भने विप्लव समूहप्रति राजनीतिक व्यवहार देखाउन पनि आग्रह गरे । ‘विप्लव राजनीतिक समूह भएकाले राजनीतिक कारणले त्यसको समधान सरकारले विभिन्न प्रकारका विचार अबलम्बन गरी संवादबाट समधान गर्ने पत्यन गरियोस्,’ उनले भने ।

सरकारले निहत्ता कार्यकतालाई मार्ने काम गरेको समेत सांसद मण्डलले बताए । ‘यो निहत्ता कार्यकर्ता मार्ने कुराले यो राष्ट्रलाई पनि राम्रो गर्दैन, यो समाजलाई पनि राम्रो गर्दैन । त्यस अर्थ त्यस घटनाकोबारेमा सत्य तथ्य के हो गृहमन्त्रालयमार्फ आम सदनलाई जानकारी होस् भन्ने कुरा राख्छु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार