राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा भएको भनिएको भिडन्तबारे अनुसन्धान थालेको छ ।
सर्लाही नगरपालिका १ मा भएको भनिएको भिडन्तमा नेकपा लिप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो ।
आयोगले घटनाबारे अनुसन्धान गर्न केन्द्रीयकार्यालय र प्रदेश नं. २ कार्यालयबाट टोली खटिएको छ । टोलीले तत्कालै आयोगमा प्रतिवेदन पेश गर्नेछ ।
निशस्त्र अवस्थामा सर्लाही इन्चार्ज पौडेललाई गोली हानेर हत्या गरेको भन्दैं पार्टीले दियो बदला लिने चेतावनी
नेपाल कम्युनिस्ट पार्टीले सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले निशस्त्र अवस्थामा पक्रेर गोली हानी हत्या गरेको बताएको छ ।
नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको सो पार्टीले जनाएको छ ।
बिहीबार साँझ नेपाल कम्युनिस्ट पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले विज्ञप्ति जारी गर्दै पौडेललाई सहिद घोषणा गरेका छन् ।
अरुणको विज्ञप्तिमा लेखिएको छ –
‘केपी–पीके सामाजिक दलाल सरकारले हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कमरेड कुमार पौडेललाई आज (बिहीबार) दिउँसो करिब सवा एक बजे सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ लखन्ती खोलामा साथीहरू कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी कायरतापूर्वक हत्या गरेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बागमती नगरपालिका वडा नं. २ धरहरा घर भएका कमरेड कुमार पौडेललाई नेपाल कम्युनिस्ट पार्टी महान् सहिद घोषणा गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ । नेपाल कम्युनिस्ट पार्टी यो गैरन्यायिक हत्याको विरोध र भत्र्सना गर्दछ र वली सरकारको राज्यआतङ्क र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने प्रतिबद्धता पनि व्यक्त गर्दछ ।’
ब्युरो इन्चार्ज अरुणको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हाम्रो पार्टीका जुझारु एवम् कर्तव्यनिष्ठ कमरेड कुमार पौडेलको बलिदानले पार्टी र आन्दोलनलाई ठूलो क्षति पुगेको छ । हामी शोकसन्तप्त परिवारजन र पार्टी पङ्क्तिप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । हाम्रो पार्टी सहिदहरूको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गर्दछ ।’
विज्ञप्तिको पुर्णपाठ…








