आज विश्वभरी अन्र्तराष्‍ट्रीय योग दिवस मनाइएको छ । यो दिवसमा बलिउड स्टार्सका योगासनले दुनियाँ नै तताएको छ । यसै त आकर्षक फिटनेस भएका अभिनेत्रीहरुको यो योग दिवसमा खास कनेक्शन छ । बलिउड स्टारका लागि फिटनेस नै सर्वगुण हो । आज हामी यही योग दिवसमा अति हट एण्ड बोल्ड अवतारमा योगासनमा देखिएका बलिउड अभिनेत्रीका अवतारका बारेमा चर्चा गर्दै छौ । फिटनेस तथा सेक्सी फिगर राख्नका लागि त्यति सजिलो छैन । यसका लागि अभिनेत्रीहरुले नियमित जीमसँगै योग गरिरहेका हुन्छन् ।

अभिनेत्री शिल्पा शेट्टी बलिउडकी सबैभन्दा फिट र परफेक्ट फिगर भएकी अभिनेत्रीको रुपमा चिनिन्छिन् । योग दिवस भन्दापनि पहिले नै उनी नियमित योगा गर्छिन् । शिल्पा योग गुरु समेत हुन् । शिल्पाका योग अवतार निक्कै चर्चामा छन् ।

करीना कपूर खानपनि फिटनेस र सेक्सी अवतारमा उच्च स्थानमा छिन् । करीना कपूर अभिनेत्रीहरुमा जीरो फिगर भएकी अभिनेत्री भनेर चिनिन्छिन् । करीना कपूर खानको फिटिङको राजपनि योग नै हो । बच्चा पाइसकेपछिपनि उनी पहिले जस्तै परफेक्ट छिन् ।

बलिउडमा अर्की फिट अभिनेत्रीको नाम हो मलाइका अरोड़ा । मलाइकाको फिटनेस देखेर सबै चकित भएका छन् । उमेर धेरै भएपनि अहिलेपनि जवान देखिने उनको राजपनि योगा नै भएको बताउँछिन् ।

अभिनेत्री दीपिका पादुकोणपनि फिटनेस कै कारण खुबै चर्चित छिन् । योगा दिवसमा उनकोपनि परफेक्ट फिगरले खुबै चर्चा पाएको छ ।

सनी लियोनी अर्की सेक्सी तथा हट अभिनेत्री हुन् । उनको फिटनेसले सबैलाई लोभ्याएको छ । उनको फिटनेसको कारणपनि योगा नै भएको बताउँछिन् ।

बोल्डनेस अभिनेत्री भनेर चिनिने पूनम पाण्डेको फिटनेसकोपनि कम चर्चा छैन । योगा दिवसमा उनले निक्कै हट योगासान दिएर उनले सबैलाई हालकायल बनाएकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार