न्युयोर्क: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मानवरहित विमान ‘ड्रोन’ झारेको जवाफमा इरानमाथी गर्न लागिएको आक्रमण पूर्व निर्धारित समयभन्दा १० मिनेटअघि मात्र रोकिएको बताएका छन्।‘ आक्रमण हुनुभन्दा १० मिनेट अघि मैले यो रोकेँ। खासमा यो ड्रोन झारिएको विषयसँग समान थिएन’, ट्रम्पले भनेका छन्। ट्रम्पले भनेको यो १५० जना मारिने विषय थियो जुन सम्भावनाबारे उनलाई आर्मी जनरलले बताएका थिए। ट्रम्पले आफू हतारमा नरहेको र आफ्नो सेना हरेक हिसाबले बलियो रहेको बताएका छन्।यसअघि सोमबार ड्रोन झारिएको घटनामा इरानको संलग्नता रहेको ट्रम्पले दावी गरेका थिए। यसैको जवाफमा इरानका तीनवटा आणविक क्षेत्रमा आक्रमण गर्ने अमेरिकाले तयारी गरेको थियो। इरानले भने आफ्नो हवाई क्षेत्रमा अनधिकृतरुपमा प्रवेश गरेका कारण ड्रोन झारिएको बताएको छ। अमेरिकाले भने इरानभन्दा बाहिर ड्रोन झारिएको दावी गरेको छ।
ट्रम्पले इरानसँग आणविक हतियार कहिल्यै नहुने र त्यसका लागि अमेरिका लडिरहने बताएका छन्।
https://www.youtube.com/watch?v=6LFvqffgpMA&t=31s







