काठमाडौं । अचानक चर्कदै गएको आन्दोलनमा ठूलो सङ्ख्यामा नागरिक तथा सुरक्षाकर्मी घाइते भएपछि जर्जियाका सभामुख इराक्ली खोबाखिजेले राजिनामा दिएका छन् ।

उनि जर्जियाको सत्ताधारी दल जर्जिया ड्रिम पार्टी (खाखा खालाजे) का महासचिवसमेत भएको जानकारी दिइएको छ । सभामुखले आफूले राजिनामा जर्जियाली ड्रिम पार्टीको जनताप्रतिको उच्च सम्मानका लागि गरिएको निर्णय भएको बताएका छन् ।

संसद भवन नजिकै सांसदसमेतको सहभागितामा भएको आन्दोलनकारीहरूको विरोध प्रदर्शनमा ४० प्रहरीसहित २४० जना घाइते भएको जर्जिया सरकारका स्वास्थ्यमन्त्री जाजा बोखुवाले बताए ।

घटनामा घाइते भएका नागरिकमध्ये दुई जनालाई गम्भीर चोट लागेकोले उनीहरूको शल्यक्रिया भइरहेको छ । बाँकी १०२ जना विभिन्न अस्पतालमा उपचार गराइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

https://www.youtube.com/watch?v=6LFvqffgpMA&t=31s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार